bal_Abhi

http://www.abhiyan.com.np/article-news_01chait2071_college#.VQYzctKUe8c

– दर्ताविना कलेज सञ्चालन
– प्रिन्सिपल र लेखापालको मिलोमतोमा भ्रष्टाचार

फागुन ३०, काठमाडौं । चितवनको बालकुमारी कलेज भ्रष्टाचारका कारण थलिने अवस्थामा पुगेको छ । कलेजमा चरम भ्रष्टाचार मौलाएको कलेजको व्यवस्थापन लेखापरीक्षण (म्यानेजमेण्ट अडिट)ले देखाएको छ । यही अवस्थामा कलेज सञ्चालन भइरहे कलेज निरन्तर रूपमा चलिरहनेमा शङ्का उत्पन्न हुने म्यानेजमेण्ट अडिट रिपोर्टमा उल्लेख छ । कलेजका प्रिन्सिपल चिरञ्जीवी श्रेष्ठ र लेखापाल वीरेन्द्र श्रेष्ठको मिलोमतोमा कलेजमा वर्षौंदेखि भ्रष्टाचार हुँदै आएको देखिएको हो । रिपोर्टमा विद्यार्थीले बुझाएको शुल्क कलेजमा दाखिला नगरेको, धेरै शुल्क उठाएर थोरै मात्रै दाखिला गरेको, सञ्चयकोष र नागरिक लगानीकोषमा दाखिला गर्नुपर्ने रकम दुरुपयोग भएको, कलेजबाट नगदै झिकेर दुरुपयोग गरिएको लगायतका कैफियत देखिएका छन् ।

बालकुमारी कलेज कुनै पनि निकायमा दर्ताविना सञ्चालन भइरहेको छ । यसलाई गम्भीर किसिमको गैरजिम्मेवारीका रूपमा अथ्र्याइएको छ । साथै, गैरसरकारी संस्थाका रूपमा दर्ता हुनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । २०४३ मा स्थापना भएको बालकुमारी कलेज सामुदायिक क्याम्पस हो । स्थापनाकालदेखि नै यसको व्यवस्थापन समितिका अध्यक्ष स्थानीय समाजसेवी जोहारलाल प्रधान छन् ।

कलेजमा भ्रष्टाचार मौलाएको गुनासो बढेपछि क्याम्पस व्यवस्थापन समितिले ८ महीनाअघि व्यवस्थापन अडिट गर्ने निर्णय गरेको थियो । राजु शिवाकोटीको फर्मले म्यानेजमेण्ट अडिटको अन्तिम प्रतिवेदन बुझाइसकेको व्यवस्थापन स्रोतले अभियानलाई बतायो । सो प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले सो विषयमा कलेजलाई चिठी लेखेको थियो । सो विषयमा कलेजले उत्तर दिए पनि सो चित्तबुभ्mदो नभएको अख्तियार स्रोतले जानकारी दिएको छ । अडिटले अनियमितता देखाएपछि प्रिन्सिपल चिरञ्जीवी श्रेष्ठले राजीनामा दिएका छन् भने लेखापाल वीरेन्द्र श्रेष्ठलाई व्यवस्थापन समितिले निलम्वन गरेको छ । हाल शिवप्रसाद पौडेलले निमित्त क्याम्पस प्रमुखका रूपमा काम गरिरहेका छन् ।

प्रिन्सिपल र लेखापालले विद्यार्थीबाट उठाउनुपर्ने करीब ८० लाख रुपैयाँ नउठाएको देखिएको छ । सो रकम विद्यार्थीबाट उठाएर हिनामिना गरिएको आशङ्का गरिएको छ । त्यस्तै सञ्चय कोष तथा नागरिक लगानी कोषमा पठाउनुपर्ने कर्मचारीको रकम सीधै बैङ्क खातामा सार्नुपर्नेमा नसारी दुरुपयोग गर्ने गरेको पाइएको प्रतिवेदनले देखाएको छ । विद्यार्थीको शुल्कमा समेत कर्मचारीहरूबाट अनियमितता भएको देखिएको छ । कुनै विद्यार्थीले ५ हजार शुल्क बुझाएकोमा लेखामा ५ सय दाखिला गरी ४ हजार ५ सय दुरुपयोग गरिएको पाइएको छ । एकाउण्टिङ सप्mटवेयरमा एकपटक बिल जारी गरिसकेपछि पुनः एडिट गर्ने सुविधा रहेकाले त्यसैलाई दुरुपयोग गरी रकम हिनामिना गर्ने गरिएको हो ।

बीएचएमका विद्यार्थीले २०६९ सालमा जम्मा गरेको ४ लाख २७ हजार रकम लेखा शाखाका कर्मचारीले हिनामिना गरेको व्यवस्थापन रिपोर्टमा उल्लेख छ । त्यस्तै, २०६७÷६८ मा छात्रवृत्तिबापत विद्यार्थीलाई वितरण गर्नुपर्ने रकम ७ लाख १२ हजार १ सय ७० पनि नक्कली हस्ताक्षर गरी कर्मचारीले अपचलन गरेको खुल्न आएको छ । त्यस्तै, ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने दिने कलेज सञ्चालक समितिले निर्णय गरेको छ । तर, वास्तविक गरीब–जेहेनदार विद्यार्थीले नपाएर राजनीति र तोडफोडमा संलग्नलाई अन्धाधुन्ध रूपमा प्रदान गर्ने गरिएको पनि म्यानेजमेण्ट अडिटले देखाएको छ । विद्यार्थीलाई पैसा दिने, हडताल गर्न लगाउने, तोडफोड गराउने र त्यसबाट पनि रकम हिनामिना गराउने कार्यमा प्रिन्सिपल र लेखापाल संलग्न रहेको तथ्य पनि खुलेको छ । राजनीतिक दलमा आबद्ध विद्यार्थी पनि यो अनियमिततामा संलग्न रहेको आशङ्का गरिएको छ । विद्यार्थीबाट शिक्षकहरूले सीधै पैसा लिने गरेको र लेखामा दाखिल नगर्ने गरेको पनि देखिएको छ । २०४३ सालको आर्थिक नियमावलीअनुसार काम गरिरहेकाले पनि त्यसको फाइदा उठाएर कलेज व्यवस्थापनका भ्रष्टाचार मौलाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रिन्सिपलको मौखिक आदेशमा सामानहरू बाहिर जाने र त्यो कलेजमा फिर्ता नहुने समस्या देखिएको पनि व्यवस्थापन अडिटमा देखिएको छ । अधिकांश पूर्णकालीन शिक्षक पूरा समय कलेजमा नबस्ने, अर्को कलेजमा पढाउन जाने गरेको पनि रिपोर्टमा देखिएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट कलेजले १६ करोड ८० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । तर, सो रकमकै पनि दुरुपयोग भएको देखिएको छ । आयोगले ११ करोड रुपैयाँ निकासा गरिसकेको आयोग स्रोतले जानकारी दिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त अनुदानका आधारमा मात्रै नाफा बढेको देखिएको छ । त्यहाँबाट अनुदान आएन भने कलेज सञ्चालन नै हुन पो नसक्ने हो कि भन्ने शङ्का व्यवस्थापन अडिटमा गरिएको छ ।

पछिल्लो समय कलेजको विद्यार्थी उत्तीर्ण प्रतिशत घट्दै गएको स्रोतले बतायो । तर, विद्यार्थीको अन्तिम परीक्षाको नम्बरहरू अद्यावधिक नगरिने गरेकाले कलेजको विद्यार्थी उत्तीर्ण प्रतिशतसमेत थाहा नहुने समस्या रहेको व्यवस्थापन अडिटले देखाएको छ ।

स्वामित्व नभएको जग्गामा भवन निर्माण
कलेजले आप्mनो स्वामित्व नभएको जग्गा नगरवनमा भवन निर्माण गरिरहेको छ । साथै, २०६६ सालदेखि निर्माण थालिएको सो भवन निर्माणका लागि न त इञ्जिनीयरबाट लागत अनुमान गरिएको छ, न त नक्सा पास नै गरिएको छ । त्यस्तै, बालकुमारीमा नै पनि अन्य भवन निर्माण गरिएका छन् । ती सबै भवन निर्माणका लागि आवश्यक सामान किन्ने, सुरक्षित राख्ने तथा प्रयोग गर्ने सन्दर्भमा कलेजका कर्मचारी नै संलग्न भएको अवस्थामा त्यसको दुरुपयोग भइरहेको कुरा व्यवस्थापन प्रतिवेदनमा उल्लेख छ । साथै, कुनै कम्पनीलाई टेण्डर दिइसकेपछि त्यससम्बन्धी बैठक पहिलेको मिति राखी गरेको देखाएको छ । यसले भवन निर्माणको टेण्डरमा पनि ठूलो रकमको चलखेल भएको देखिन्छ । साथै, व्यवस्थापन अडिट समूहले भवन निर्माणका लागि प्रयोग भएका सामानहरूको विवरण माग्दा क्याम्पसले उपलब्ध नगराएको पनि बताइएको छ ।

आन्तरिक छानबिन पनि जारी
कलेजका कर्मचारीको संलग्नतामा भएको भ्रष्टाचारको छानबिनका लागि कलेज सञ्चालक समितिले एउटा छानबिन समिति पनि बनाएको व्यवस्थापन स्रोतले जानकारी दियो । ‘विगतमा पनि आन्तरिक र बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण गरिएको थियो । तर, ती लेखापरीक्षकले कुनै कैफियत देखाएनन् । अहिले व्यवस्थापन अडिटमा यति धेरै कैफियत देखिए । यसले लेखापरीक्षकहरू पनि अनियमिततामा संलग्न रहेको शङ्का लागेको छ,’ व्यवस्थापन स्रोतले जानकारी दियो ।

सो कलेज न्यू बिजनेश एजद्वारा आयोजित दोस्रो बिजनेश स्कूल रेटिङ – र्‍याङ्किङ अवार्ड २०१४ मा ‘बेष्ट कम्युनिटी–बेष्ड बिजनेश स्कूल’का रूपमा पुरस्कृत भएको थियो । तर, सो पुरस्कारका लागि निर्धारित मापदण्डमा सुशासनसम्बन्धी पक्ष भने नपरेको न्यू बिजनेश एजले बताएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s