Tips

कम्प्युटर ह्यंग हुन बाट कम हुने अनि फास्ट बनाउने उपाय

कम्प्युटरमा कुनै काम गर्दा होस् या इन्टरनेट सर्फिंग गर्दा होस कम्प्युटर ढिलो भयो या बारम्बार ह्यांग भयो भने पक्कै पनि तपाई दिक्क हुनुहुन्छ । के कारणले कम्प्युटर बारम्बार ह्यंग हुन्छ अनि स्लो हुन्छ त ? खासमा भन्नु पर्दा तपाइको कम्प्युटरमा नचाहीने धेरै software हरु इन्स्टल हुनु , Temporary files हरु धेरै हुनु , कम्प्युटर मा virus हुनु वा कम्प्युटर मा लामो समयसम्म काम गर्दा कम्प्युटर तातेर पनि स्लो हुने सम्भावना हुन्छ । अथवा तपाइको कम्प्युटर को RAM को कारण पनि हुन सक्छ । यी त भए कारण हरु यदि तपाई पनि यस्तै समस्या बाट दिक्क हुनु हुन्छ भने आज सामान्य टिप्स लीएर आएको छु । यो टिप्सले पनि तपाइको कम्प्युटर को स्पीड केही हद सम्म भए पनि बढाउने छ । अब लागौ काम तर्फ
सबै भन्दा पहिला त तपाई My Computer मा Right क्लिक गरी Properties मा क्लिक गर्नुहोस ।

तपाई windows 7 मा गर्दै हुनुन्छ भने यो तलको चित्र मा जस्तै देख्न सक्नु हुन्छ system proctetion मा क्लिक गर्नुस

अब Advanced मा क्लिक गर्नुहोस । त्यसपछि चित्रमा झैँ “Visual effects, processor scheduling, memory usage, and virtual memory” को Setting मा क्लिक गर्नुहोस ।

अब तलको चित्रमा झैं Visual Effect को Custom: अन्तर्गत रहेको विभिन्न अप्सनहरु मध्ये अन्तिम तीनवटा अप्सन बाहेक सबै अप्सनमा रहेको राइट वा ठिक चिह्न हटाइदिनुहोस ।
अब Apply मा र अन्त्यमा OK मा क्लिक गर्नुहोस् । कम्प्युटरको स्पीड बढेको आफैंले महशुस गर्न सक्नुहुनेछ
यो तरिका के तपाइको लागि केही सहयोगी बन्यो आफ्नो राय कमेन्ट गर्न न भुल्नुहोला बिर्सीनु होला है

Leave a comment